भूतपूर्व गोर्खा मुद्दाको नेतृत्व गर्न राजदूत आचार्यले पाए जिम्मेवारी
लण्डन । बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यले भूतपूर्व गोर्खा समस्या समाधानको जिम्मा पाएका छन् । समान तलब, सेवासुविधासहित विभिन्न माग राख्दै आएका गोर्खाहरुको मुद्दामा बेलायत सरकारसंग वार्ताको नेतृत्व गर्न आचार्यलाई जिम्मा दिइएको हो ।
परराष्ट्र मन्त्री डा. नारायण खड्काले आचार्यलाई वार्ताको नेतृत्व गर्न निर्देशन दिएका नेपाली अखवारहरुले उल्लेख गरेका छन् ।
बेलायत सरकारसंग वार्ताका लगि राजदूत आचार्यको संयोजकत्वमा परराष्ट्र, रक्षा, भूतपूर्व गोर्खा र लन्डनस्थित नेपाली दूतावासका अधिकारी सम्मिलित वार्ता समिति बनाउने तयारी छ ।
भर्खरै मात्र बेलायतका लागि नेपाली राजदूत नियुक्त भएका आचार्य यही फेब्रुअरीभित्र बेलायत आउने बताइएको छ । बेलायत आउनुअघि आचार्यले नेपालमा विभिन्न व्यक्ति, संस्था लगायतका भूपू गोर्खाहरूका प्रतिनिधिहरुसँगको भेटघाटलाई तीव्र पारेका छन् ।
यसअघि राजदूत लोकदर्शन रेग्मीको समयमा गोर्खाहरुको मागबारे वार्ता शुरु हुनै लाग्दा नेपाल सरकारको निर्णय अनुसार रेग्मी फिर्ता भएपछि गोर्खा मुद्धा अन्यौलमा थियो ।
गोर्खा समस्याबारे निरन्तर छलफल भैरहेको र नयाँ राजदूत आउनासाथ वार्ता प्रक्रिया अगाडि बढ्ने कार्यबाहक राजदूत रोशन खनालले बताएकी छन् ।
नवनियुक्त राजदूत अनुभवी कूटनीतिज्ञ भएकाले गोर्खा मुद्दा पार लाग्नेमा सबै आशावादी रहेको खनालले बताइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५