नयां राजदूत आएपछि गोर्खा मुद्दा टुंगिने विश्वास छ: रोशन खनाल (भिडियो)
लन्डन । वि. सं. २०६७ सालमा शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेकी रोशन खनालले परराष्ट्रमा एक दशक बढी समय बिताइसकेकी छन् । परराष्ट्र मन्त्रालयमा रहंदा उनले उपसचिवका रुपमा उत्तर पूर्वी एसिया डेस्क प्रमुखको भूमिका निर्वाह गरेकी थिइन् ।
उनले सन् २०१२ नोभेम्बर देखि २०१६ सेप्टेम्बरसम्म नेपाली राजदूतावास तेल अभिभ इजरायलमा प्रथम/द्वितीय सचिवको रुपमा काम गर्ने अवसर पाइन् । त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर गरेकी खनालको जन्मथलो पाल्पा भएपनि कपिलवस्तु हुंदै हाल काठमाडौंमा स्थायी बसोवास छ ।
लन्डन राजदूतावासका तत्कालिन उपनियोग प्रमुख मिनिष्टर काउन्सेलर शरदराज आरण परराष्ट्र मन्त्रालय सरुवा भएपछि रिक्त प्रवक्ता र सूचना अधिकारी पदमा दूतावासको ‘सेकेन्ड म्यान’ का रुपमा सन् २०२० अगष्टमा नियुक्त भएकी थिइन् खनाल ।
बेलायतका लागि २१ औं राजदूतको रुपमा गत वर्ष मार्च १ बाट आफ्नो कार्यकाल सम्हाल्दै आएका राजदूत लोकदर्शन रेग्मी करिब ८ महिना नपुग्दै नेपाल सरकारको निर्णयअनुसार नेपाल फर्किएपछि नेपाली दूतावास लन्डन राजदूतविहीन बन्न पुगेको थियो । रेग्मी नेपाल फर्किए लगत्तै दूतावासको बागडोर अहिले महिलाको कांधमा छ ।
काउन्सेलर तथा उपनियोग प्रमुख श्रीमति रोशन खनालले केही महिनायता कार्यवहाक राजदूतको रुपमा जिम्मेवारी सम्हाल्दै आएकी छन् ।
कार्यवहाक राजदूतको भूमिका निर्वाह गर्न कत्तिको सहज छ ? पछिल्लो समय निकै चर्चाको विषय बनेको भूपू गोर्खा मुद्दा अब के होला ? दूतावासका सेवा सुविधा, आर्थिक र विकास कूटनीति तथा पर्यटन प्रवर्धन सम्बन्धि विशेष योजना लगायत विविध विषयमा खनालसंग नेपाली लिंकले कुराकानी गरेको छ ।
भिडियो अन्तर्वार्ताका क्रममा कार्यवहाक राजदूत खनालले नयां राजदूत ज्ञानचन्द्र आचार्य फेब्रुअरीसम्म लन्डन आउने सम्भावना रहेको बताउंदै उनी एकजना अनुभवी कूटनीतिज्ञ भएकाले गोर्खा मुद्दा पार लाग्नेमा सबै आशावादी रहेको बताइन् ।
पुरा अन्तर्वार्ताः
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५