क्राइम पेट्रोलकी प्रेक्षाद्वारा आत्महत्या
लन्डन । क्राइम पेट्रोलकी चर्चित टेलिभिजन कलाकार प्रेक्षा मेहताले आत्महत्या गरेकी छिन् । २५ वर्षीया प्रेक्षाले सोमबार राती मध्यप्रदेशको इन्दोरस्थित बजरंग नगरमा रहेको आफ्नो घरमा आत्महत्या गरेकी हुन् ।
मंगलबार बिहान आफ्नै कोठाको पंखामा झुण्डिएको अवस्थामा भेटिएपछि उनका पिताले तत्कालै उनलाई अस्पताल लगेका थिए । तर अस्पतालमा डाक्टरले उनलाई मृत घोषित गरे ।
प्रेक्षा लकडाउनका कारण डिप्रेशनको शिकार बनेको हुनसक्ने अनुमान गरिएको छ । उनले ‘सुइसाइड नोट’ पनि छाडेको प्रहरीले जानकारी दिएको छ ।
उनको इन्स्टाग्राममा लेखिएको “सबसे बुरा होता हैं सपनों का मर जाना” अन्तिम पोष्टबाट उनी मानसिक रुपमा विचलित भएको अनुमान छ ।
हिरा नगर प्रहरीले यसबारेमा छानबिन गरिरहेको बताएको छ । कोरोना संक्रमणका कारण प्रेक्षा मुम्बईबाट मध्यप्रदेशको इन्दोरस्थित बजरंग नगरमा रहेको आफ्नो घरमा गएकी थिइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५