बिहीबार, मंसिर १३, २०८१
17:29 | २३:१४

बेलायतका पूर्वकाउन्सिलर गुरुङले मेचीनगरका विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने

रासस फ्रेब्रवरी ३, २०२२

झापा । बेलायतको फोक्सटन नगरपालिकाका पूर्वकाउन्सिलर धनकिरण गुरुङले मेचीनगर नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिदिने घोषणा गरेका छन् ।

मेचीनगरको वडा नं १० काँकडभिट्टा निवासी उनी ब्रिटीश गोर्खा सेनाबाट निवृत्त भई हाल बेलायतमा बसोबास गर्छन् । उनी बेलायतमा गठन गरिएको गोर्खा मेमोरियल फन्डको अध्यक्ष हुन् । बेलायतमा नगरको पूर्वकाउन्सिल पदमा निर्वाचित हुने उनी पहिलो नेपाली हुन् ।

हाल नेपाल भ्रमणमा आएका उनले काँकडभिट्टामा गोर्खा मेमोरियल फाउन्डेसन नेपालले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मेचीनगरका सरकारी विद्यालयमा कम्प्युटर शिक्षालाई सहज बनाउन कम्प्युटर ल्याब स्थापनामा सहयोग गर्ने घोषणा गरे ।

सन् २०२४ देखि मेचीनगरका विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिने परियोजना सुरु हुने र यसका लागि तयारी भइरहेको उनले जानकारी दिए । मेचीनगर र बेलायतको फोक्सटन सिटीबीच उनकै पहलमा भगिनी सम्बन्ध स्थापना भइसकेको छ ।

चार वर्षअघि उनकै पहलमा फन्डले काँकडभिट्टा उच्च माध्यमिक विद्यालयलाई रु २७ लाखको लागतमा ३१ आधुनिक कम्प्युटर र सीसीटीभी सहयोग गरेर कम्प्युटर ल्याब स्थापना गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू