बिहीबार, मंसिर १३, २०८१
05:37 | ११:२२

भारतमा प्रधानमन्त्री आवास योजना अन्तर्गत थप ८० लाख घर बनाइने

रासस/एएनआई फ्रेब्रवरी १, २०२२

भारतीय अर्थमन्त्री निर्मला सितारमण (बीचमा) नयां आर्थिक बर्षको बजेट देखाउंदै । तस्बिर एपी

नयाँ दिल्ली, १८ माघ–भारतमा प्रधानमन्त्री आवास योजना अन्तर्गत नयाँ आर्थिक बर्षमा ८० लाख घर बनाइने घोषणा गरिएको छ ।

अर्थमन्त्री निर्मला सितारमणले मंगलबार प्रस्तुत गरेको नयाँ आर्थिक बर्षको बजेटमा ८० लाख घर बनाइने उल्लेख गरिएको हो ।

प्रधानमन्त्री आवास योजनाका लक्षित व्यक्तिहरुको पहिचान गरी उनीहरु लाभान्वित हुनेगरी घर हस्तान्तरण गरिने उनले जानकारी दिइन् । यस्ता घर ग्रामीण तथा सहरी दुवै क्षेत्रमा निर्माण गरिने बजेट भाषणमा उल्लेख छ ।

ती घर निर्माणका लागि अर्थमन्त्री सितारमणले ४८ हजार करोड बजेट छुट्याएको जानकारी दिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू