बिहीबार, मंसिर १३, २०८१
17:56 | २३:४१

नेपालमा ओरालो लाग्दै कोरोना संक्रमण

रासस जनवरी ३०, २०२२

काठमाडौँ — पछिल्लो २४ घण्टामा थप तीन हजार ५४० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार ९१० जनाको पिसिआर परीक्षण गर्दा तीन हजार ४९ र तीन हजार २३५ जनामा र दुई हजार ८८३ एन्टिजेन परीक्षण गर्दा ४९१ जना गरी कूल तीन हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल देशैभरि ८३ हजार ९९९ सक्रिय संक्रमित छन् भने ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी यही माघ १३ देखि आजसम्म संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतकको सङ्ख्या ३२ पुगेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार वीरेन्द्र सैनिक अस्पतालबाट आइतबारसम्म १२ जनाको मृत्यु भएको र माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू