बिहीबार, मंसिर १३, २०८१
05:54 | ११:३९

भारतमा एक लाख ५१ हजारभन्दा बढी संक्रमित

रासस-एएनआई जनवरी २८, २०२२

नयाँदिल्ली–भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५१ हजार २०९ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

हाल भारतमा कोरोना पोजेटिभ दर १५.८८ रहेको जनाइएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म चार करोड ६ लाख २२ हजार भन्दा बढी संक्रमित भएका छन् ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको सङ्ख्या २१ लाख ५ हजार ६११ छ । गएको २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ४४३ कोरोनाबाट मुक्त भएका छन् ।

यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ८० लाख २४ हजार ७७१ जनालाई कोरोना संक्रमण निको भइसकेको छ ।

गत २४ घण्टामा भारतमा कोरोनाको कारण ६२७ जनाको मृत्यु भएको यसैसंगै कोरोना शुरु भएबाट हालसम्म मृत्यु हुनेको संख्या चार लाख ९२ हजार ३२७ पुगेको छ । कोरोना सुरु भएदेखि हालसम्म ७२ करोड ३७ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ ।

यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ६४ करोड ४४ लाख ७३ हजारभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू