बिहीबार, मंसिर १३, २०८१
08:40
|
१४:२५
युरोपेली संसदको अध्यक्षमा माल्टाकी मेट्सोला निर्वाचित
रासस/सिन्ह्वा
जनवरी १८, २०२२
ब्रसेल्स, ४ माघ–युरोपेली संसदको अध्यक्षमा माल्टाकी रोबर्ट मेट्सोला निर्वाचित भएकी छन् । अनुदारवादी राजनीतिज्ञका रुपमा चिनिएकी मेट्सोला मंगलबार भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् ।
यसअघिका अध्यक्ष डेभिड सासेलीको गत हप्ता निधन भएपछि उनको उत्तराधिकारीको रुपमा मेट्सोला निर्वाचित भएकी हुन् ।
युरोपेली संसदको नेतृत्व चयनका लागि मतदान गर्ने अधिकार भएका ६१६ जनामध्ये ४५८ जनाले मेट्सोलाको पक्षमा मतदान गरेका थिए ।
अहिले ४३ वर्षकी मेट्सोला युरोपेली संसदको अध्यक्षमा सबैभन्दा कान्छो उमेरमा निर्वाचित भएकी हुन् । त्यसैगरी उनी तेस्रो महिला अध्यक्ष हुन् ।
उनी यसअघि सन् २०२० नोभेम्बर देखि युरोपेली संसदको प्रथम उपाध्यक्ष थिइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ