बिहीबार, मंसिर १३, २०८१
08:53 | १४:३८

अष्ट्रेलियामा कोरोनाबाट अहिलेसम्मकै बढीको मृत्यु   

रासस-सिन्ह्वा जनवरी १८, २०२२

सिडनी–अष्ट्रेलियामा कोभिड १९ बाट २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको बताइएको छ । प्राप्त समाचारअनुसार अष्ट्रेलियामा कोभिड संक्रमणबाट गएको २४ घन्टामा ७४ जनाको ज्यान गएको हो ।

अष्ट्रेलियाका अधिकारीहरुका अनुसार कोभिडको कारण एकै दिनमा मृत्यु भएको यो संख्या यहाँ अहिलेसम्मका सबैभन्दा धेरै हो । मंगलबार त्यसअघिको २४ घन्टामा ती नागरिकको ज्यान गएको बताइएको छ ।

त्यसैगरी यहाँका अधिकारीहरुले अष्ट्रेलियामा अस्पताल भर्ना हुनेको संख्या पनि विगतका तुलनामा बढेको पाइएको बताएका छन् ।

यहाँका सबैभन्दा धेरै कोरोना संक्रमित नागरिक न्यू साउथ वेल्सका छन् । न्यू साउथ वेल्समा गएको २४ घन्टामा ३६ जनाको ज्यान गएको छ । त्यसैगरी भिक्टोरियामा २२ जना र क्वीन्स्ल्याण्डमा १६ जनाको ज्यान गएको छ । ती राज्यहरुमा पछिल्लो २४ घन्टामा संक्रमित हुनेको संख्या पनि बढ्दै गएको पाइएको बताइएको छ ।

अष्ट्रेलियामा पछिल्लो समयमा कोभिड संक्रमण बढ्दो देखिएको छ । यहाँ संक्रमित हुनेसँगै अस्पताल भर्ना हुनेको संख्या पनि बढ्दै गएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू