बिहीबार, मंसिर १३, २०८१
08:25 | १४:१०

पाकिस्तानको कराँचीमा कोरोना पोजिटिभ दर ४० प्रतिशत  

रासस-एएनआई जनवरी १७, २०२२

इस्लामाबाद, पाकिस्तान, ३ माघ–पाकिस्तानको कराँचीमा आइतबार ४० प्रतिशतमा कोभिड–१९ पोजिटिभ देखिएको छ । यस डरलाग्दो दरले देशको चिकित्सा समुदायमा तरंग फैलिएको एक मिडियाको समाचारमा उल्लेख छ ।

यो पछिल्लो बृद्धि कोभिड १९ को पाँचौं लहरको कारणले भएको जनाइएको छ । कोभिड १९ संक्रमण यसवर्ष मार्चको मध्यमा शिखरमा पुग्ने डन अखबारले जानकारी दिएको छ । सोमबार पाकिस्तानमा चार हजार ३४० थप व्यक्तिलाई कोरोना संक्रमण भएको जनाइएको छ ।

पाकिस्तानमा गत २४ घण्टामा परिक्षण गरिएका व्यक्तिहरुमा ८.७ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको छ । यद्यपि पछिल्लो २४ घण्टामा कराँचीमा ३९.३९ प्रतिशतमा संक्रमण दर पुगेको स्वास्थ्य विभागले जनाएको छ । डनका अनुसार ती संक्रमितहरुमा करिब ९५ प्रतिशत ओमिक्रोन भेरियन्टका देखिएका छन् ।

अधिकारीहरुले डाक्टर, नर्स र प्यारामेडिकहरुमा बढ्दो संक्रमण संख्या रहेको र यसमा चिन्ता व्यक्त गरेका छन् । यो ५०० भन्दा कम नहुने एक वरिष्ठ अधिकारीलाई उधृत गर्दै डनले जनाएको छ ।

पाकिस्तानमा हालसम्म १३ लाखभन्दा बढीमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । दक्षिण एसियाली देशमा पनि भाइरसका कारण २९ हजार १९ जनाको मृत्यु भएको छ ।

सिन्धको प्रान्तीय सरकारले आइतवार मास्क लगाउन अस्वीकार गर्ने सरकारी कर्मचारीहरूको तलब कटौतीको घोषणा गरेको जियो न्यूजले जनाएको छ । प्रदेशमा बढ्दो कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै उक्त निर्देशन जारी गरिएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू