बिहीबार, मंसिर १३, २०८१
10:38 | १६:२३

युरोपको आधा जनसंख्यामा कोभिड फैलिनसक्ने डब्लूएचओको चेतावनी

रासस/एपी जनवरी १२, २०२२

न्यूयोर्क, २८ पुस–विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आगामी आठ साताभित्र यूरोपको आधाभन्दा बढी जनसङ्ख्या कोभिड संक्रमित हुने चेतावनी दिएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो ।

पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोनको लहरले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका हान्स क्लुगीले बताए । सन् २०२२ को पहिलो साता सम्पूर्ण युरोपमा ७० लाख नयाँ संक्रमित भेटिएका छन् ।

भाइरस पश्चिमा देशहरुबाट बाल्कन्सतर्फ फैँलिदै गर्दा युरोप र मध्यएसियाली देशहरु तीव्र चापमा परेको उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू