बिहीबार, मंसिर १३, २०८१
10:58
|
१६:४३
नेत्री सुकीलाई थप चार वर्ष जेल सजाय
रासस–एएफपी
जनवरी १०, २०२२
यांगुन, २६ पुस–म्यानमारको अदालतले सोमबार आङ सान सुकीलाई तीन आपराधिक आरोपमा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाएको छ।
नोबेल पुरस्कार विजेता नेत्री सुकीलाई फेब्रुअरी १ देखि हिरासतमा राखिएको छ । हाल म्यनमारको सैनिक शासन यता १,४०० भन्दा बढी नागरिक मारिएका छन्, थुप्रै पक्राउ परेका छन् र शृङ्खलाबद्ध विद्रोहहरू भइरहेका छन् ।
स्रोतले एएफपीलाई दिएको जानकारी अनुसार ७६ वर्षीया वृद्धालाई अवैध रूपमा वाकी–टकीहरू आयात गर्ने र स्वामित्व राख्ने र कोरोनाभाइरस नियमहरू उल्लंघन गरेको दुई आरोपमा दोषी ठहराइएको छ ।
जुन्टाका प्रवक्ता मेजर जनरल जाव मिन टुनले उक्त फैसला र सजायको पुष्टि गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ