बिहीबार, मंसिर १३, २०८१
11:47 | १७:३२

पाकिस्तानमा भारी वर्षा र हिमपातले ४१ को मृत्यु, सयौं विस्थापित

रासस/सिन्ह्वा जनवरी ९, २०२२


इस्लामावाद, २५ पुस– पाकिस्ताामा पछिल्ला केही दिनमा भएको भारी वर्षा र हिमपातका कारण ४१ जनाको ज्यान गएको छ । शनिबारसम्म यहाँ भारी वर्षा र हिमपातमा परेर ४१ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी सयौँ व्यक्ति विस्थापित भएका पनि समाचारमा जनाइएको छ । पाकिस्तानका अधिकारीहरुले ठूलो संख्याका भौतिक संरचनामा पनि क्षति पुगेको बताएका छन् । प्राकृतिक प्रकोप व्यवस्थापन विभागले शनिबार रातिसम्म अविरल रुपमा पानी परिरहेको बताएको छ । देशको उत्तरी क्षेत्र मुरीमा एक सवारी साधन नै हिउँमा फसेको र त्यसमा परेर २२ जनाको ज्यान गएको थियो ।

सवारी साधन हिउँमा फसेपछि निस्किन नसकेको स्थानीय प्रहरीले जनाएका छन् । त्यस दुर्घटनामा परेर अरु कैयौँ व्यक्ति घाइते पनि भएका बताइएको छ । मुरीमा भारी मात्रामा हिमपात भएको छ । त्यसमा परेर विदेशी र स्वदेशी पर्यटकका गरी सयौँ सवारी साधन फंसेका छन् । ती सवारी साधनको उद्धारका लागि पाकिस्तानको सरकारले ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरेको बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू