बिहीबार, मंसिर १३, २०८१
10:43 | १६:२८

सुडानको राजनीतिक संकट समाधानका लागि राष्ट्रसंघको पहल शुरु

रासस/सिन्ह्वा जनवरी ९, २०२२

तस्बिर एएफपी

खार्तुम २५ पुस– सुडानमा देखिएको राजनीतिक संकट समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल थालेको छ । यहाँका राजनीतिक दलहरुलाई संयुक्त राष्ट्रसंघले वार्ताको टेबलमा राख्ने प्रक्रियाको थालनी गरेको हो ।

सुडानका राजनीतिक दलहरुलाई शान्ति वार्ताको टेबलमा बसेर समस्याको समाधान निकाल्न पहल भएको हो । यसका लागि सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख भोल्कर पर्थस्ले सुडानका सबै दललाई वार्ताको टेबलमा बस्न आह्वान गर्दै संयुक्त राष्ट्रसंघले आवश्यक सहयोग र समन्वय गर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघले सबै पक्षलाई समेटेर एक सर्वपक्षीय सम्मेलन गर्न लागेको उनले जानकारी दिए । उनले सुडानका सबै राजनीतिक दलहरु, आन्दोलनरत पक्ष, नागरिक समाज, सुरक्षा निकायका प्रमुखहरुलाई पनि सो वार्तामा बोलाइने पनि उनले बताए ।

साथै संयुक्त राष्ट्रसंघले यो समय हिंसा र आन्दोलन गर्ने समय नभएकाले सबै पक्ष मिलेर शान्तिपूर्ण रुपमा राजनीतिक निकास निकाल्नुपर्नेमा जोड दिएको छ । यहाँका राजनीतिक दलहरुले सरकारविरुद्ध आन्दोलन गरेका छन् । सो आन्दोलनका कारण यहाँ केही दिनदेखि हिंसा जारी छ ।

सुडानका प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेपनि राजनीतिक संकट भने हटेको छैन । अहिले पनि यहाँ दिनहुँजसो आन्दोलन जारी नै छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू