बिहीबार, मंसिर १३, २०८१
10:34 | १६:१९

इन्डोनेसियाको पपुवा प्रान्तमा बाढी र पहिरो, ६ को मृत्यु, सयौं विस्थापित

रासस–सिन्ह्वा जनवरी ७, २०२२

तस्बिर सिन्हवा

जाकार्ता, २३ पुस–इन्डोनेसियाको पूर्वी प्रान्त पपुवामा आएको बाढी र पहिरोमा परी छ जनाको मृत्यु हुनाका साथै अन्य ५०० जना आफन्तको घरमा पलायन भएको देशको विपद् व्यवस्थापन निकायले शुक्रबार जनाएको छ ।

एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले भने, ‘बिहीबार रातिदेखि परेको भारी वर्षाले पपुवा प्रान्तको जयपुरा शहरका धेरै उपजिल्लाहरूमा बाढी र पहिरो निम्त्याएको छ ।’

‘अधिकारीहरूले तीन शवको पहिचान गर्न काम गरिरहेका छन् भने बाँकीको पहिचान भइसकेको छ’, मुहारीले भने । उद्धारकर्ताहरूले तीनवटा डुङ्गा प्रयोग गरेर बाढी प्रभावितलाई उनीहरूको घरबाट बाहिर निकालिरहेका थिए । शुक्रबार बिहान पनि हल्का पानी परेको र बाढी क्रमशः कम भए पनि अझै अवरोध कायमै छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू