क्यापिटल दंगाका लागि ट्रम्प दोषी– बाइडेन
वाशिंगटन अमेरिका, २३ पुस–अमेरिकी राष्ट्रपति जो बाइडेनले ६ जनवरी २०२१ को अमेरिकी क्यापिटल दंगाको पहिलो वार्षिक सम्बोधन गर्ने क्रममा उक्त घट्नाका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष दिएका छन् । बिहीबार बिहान (स्थानीय समय) कङ्ग्रेसमा बोल्दै राष्ट्रपति बाइडेनले अमेरिकी लोकतन्त्रको सीटमा भएको आक्रमणका लागि आफ्ना पूर्ववर्तीलाई जिम्मेवार भएको आरोप लगाए ।
बाइडेनले भने ‘हाम्रो इतिहासमा पहिलो पटक एक राष्ट्रपतिले चुनाव मात्र हारेका थिएनन्। उनले हिंसात्मक भीड क्यापिटलमा पुग्दा शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण रोक्न प्रयास समेत गरे तर तिनीहरू असफल भए । यो सम्झनाको दिनमा हामीले यो सुनिश्चित गर्नुपर्दछ कि यस्तो आक्रमण कहिल्यै नदोहोरियोस् ।’
ट्रम्पको नाम नलिइकन बाइडेनले आक्रामक रूपमा त्यस दिन के भयो भनेर ट्रम्पमाथि दोष लगाए । बाइडेनले पूर्व राष्ट्रपतिलाई २०२० को चुनावको वरिपरि ‘झुटको जाल’ बुनेको र अमेरिकी लोकतन्त्रलाई आक्रमण गरेको आरोप लगाए । बाइडेनले भने, ‘के साँचो र के झुट हो भन्नेबारे हामी पूर्ण रूपमा स्पष्ट हुनुपर्दछ । जसले सिद्धान्त भन्दा शक्तिलाई महत्त्व दिन्छ, आफ्नो देशको हित र अमेरिकाको हित भन्दा आफ्नो स्वार्थ बढी महत्त्वपूर्ण छ भन्ने देख्छ । चोट लागेको अहंकार उसका लागि हाम्रो लोकतन्त्र वा हाम्रो संविधान भन्दा बढी महत्त्वपूर्ण छ । त्यस्ता व्ययक्तिबाट यस्ता हर्कत हुन्छन् ।’
ट्रम्पविरूद्ध बाइडेनले कडा टिप्पणी गर्दै भने ‘उहाँले हारेको स्वीकार गर्न सक्नुहुन्न, उहाँले हारेको स्वीकार गर्न सक्नुहुन्न । यद्यपि ९३ सिनेटरहरू, उहाँका आफ्नै महान्यायाधिवक्ता, उहाँका आफ्नै उपराष्ट्रपति, गभर्नरहरू र राज्यका अधिकारीहरू सबैले उहांले हार्नु भयो भने । तर, उहाँ स्वीकार गर्नुहुन्न ।’