बिहीबार, मंसिर १३, २०८१
10:54 | १६:३९

कजाकिस्तानमा शान्ति पुनःस्थापित भएको राष्ट्रपतिको दाबी

रासस/एएफपी जनवरी ७, २०२२

कजाकिस्तानको अल्माटी शहरमा प्रदर्शनकारीले जलाइदिएको एक प्रशासनिक भवन । तस्बिर एएफपी

मस्को, २३ पुस–कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले एक दिनको ठूलो दंगापछि क्रमशः शान्ति पुनःस्थापित भएको बताएका छन् ।

‘कानून प्रवर्तन संयन्त्र र बलहरूले कडा परिश्रम गरिरहेका छन्। संवैधानिक व्यवस्था मुख्यतया सबै क्षेत्रहरूमा पुनस्थापित गरिएको छ’, राष्ट्रपतिको टिप्पणी छ ।

‘आतंकवादीहरूको पूर्ण विनाश नभएसम्म’ सुरक्षा अभियान जारी रहने पनि उनले उद्घोष गरेका छन् ।

२६ ‘सशस्त्र अपराधी’ मारिए

कजाकिस्तानको आन्तरिक मन्त्रालयले शुक्रबार दिन जारी अशान्तिको क्रममा २६ ‘सशस्त्र अपराधी’ मारिएका र १८ जना घाइते भएका बताएको छ ।

मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा कजाकिस्तानका सबै क्षेत्रहरू मुक्त र बढ्दो सुरक्षामा लिइएको छ, देशभर ७० जाँच चौकी स्थापना गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू