बिहीबार, मंसिर १३, २०८१
10:55 | १६:४०

फिलिपिन्समा बाल विवाह प्रतिवन्ध

रासस/एएफपी जनवरी ६, २०२२

मनिला, २२ पुस– फिलिपिन्समा बाल विवाह गर्न नपाइने व्यवस्था गरिएको छ ।

कानूनी रुपमै प्रतिवन्ध लगाउने व्यवस्था गरिएकाले बाल विवाहलाई फिलिपिन्समा अबदेखि अवैध मानिने भएको हो ।

बिहीबार घोषणा गरिएको कानून अनुसार १८ बर्ष पुरा नभएका बालबालिकाले विवाह गर्न नपाउने र एउटै कोठामा बस्न नपाउने भएका छन् ।

दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्स धेरै बाल विवाह हुने मुलुकहरु मध्ये १२ औं अग्रस्थानमा पर्दछ ।

राष्ट्रपति रोड्रिगो डुतेर्तेले हस्ताक्षर गरि जारी गरेको नयाँ कानूनले लैङ्गिक समानता, स्वास्थ्य अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कानून उलंघन गर्नेलाई १२ बर्ष जेल सजायको व्यवस्था गरिएको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू