बिहीबार, मंसिर १३, २०८१
14:02 | १९:४७

सन् २०२१ मा चार करोड बढीले तिब्बत भ्रमण गरे   

रासस-सिन्ह्वा जनवरी ६, २०२२

ल्हासा, २२ पुस–दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा सन् २०२१ मा चार करोडभन्दा बढी पर्यटकले भ्रमण गरेको स्थानीय अधिकारीहरूले बताएका छन्।

तिब्बत स्वायत्त क्षेत्रको ११ औं जन काङ्ग्रेसको पाँचौं सत्रमा दिइएको जानकारी अनुसार यस अवधिमा पर्यटन राजस्व कुल ४४.१ अर्ब युआन (करिब ६ अर्ब ९० करोड अमेरिकी डलर) प्राप्त भएको छ।

तिब्बत समृद्ध जातीय संस्कृति र प्राकृतिक सौन्दर्यका साथै एक लोकप्रिय पर्यटकीय गन्तव्य पनि हो । पछिल्ला वर्षहरूमा स्थानीय अधिकारीहरूले यस क्षेत्रको पर्यटन उद्योगलाई बलियो बनाउन प्रयास गरिरहेका छन्।

पठार क्षेत्रमा अहिले १०० भन्दा बढी उच्च मुल्यांकन गरिएका पर्यटकीय आकर्षण, २,७०० भन्दा बढी पर्यटन उद्यम र २,३०० भन्दा बढी होमस्टे सञ्चालनमा छन्।
सन् २०२० को अवधिमा तिब्बतले स्वदेश तथा विदेशबाट करिब १५ करोड पर्यटक भित्रयाएको छ जसबाट करिब २१२.६ बिलियन युआन पर्यटन राजस्व आर्जन भएको जनाइएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू