बिहीबार, मंसिर १३, २०८१
12:36 | १८:२१

जापानको ओगासावारा टापुमा ६.३ म्याग्निच्युडको भूकम्प   

रासस-एएनआई/सिन्ह्वा जनवरी ४, २०२२

टोकियो–जापानको टोकियो प्रिफेक्चरको ओगासावारा टापुमा मङ्गलबार ६.३ म्याग्निच्युडको भूकम्प गएको जापान मौसम विज्ञान निकाय (जेएमए) ले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ६:०९ बजे भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु २७.१ डिग्री उत्तर अक्षांश र १४२.५ डिग्री पूर्व देशान्तरमा र ७० किलोमिटर गहिराइमा थियो। जापानको भूकम्पीय तीव्रताको मापनमा ओगासावारा टापुका केही भागमा पाँच माथिल्लो तहको भूकम्प गएको थियो जुन सात रिक्टरको छ।

अहिलेसम्म सुनामीको चेतावनी जारी गरिएको छैन।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू