शनिबार, माघ ५, २०८१
22:54
|
०४:३९
ओमिक्रोन भेरियन्टले गम्भीर प्रकृतिको रोग निम्त्याउने खतरा कम
ओमिक्रोनको असर फोक्सोमा न्यून, घांटीमा बढी
नेपाली लिङ्क
जनवरी ३, २०२२
लन्डन । अहिले विश्वभर द्रुतगतिमा फैलिरहेको
संक्रामक ओमिक्रोन भेरियन्टले गम्भीर प्रकृतिको रोग निम्त्याउने खतरा कम रहेको नयां अनुसन्धानले बताएको छ ।
६ अनुसन्धान समूहको अध्ययन प्रतिवेदनले ओमिक्रोन कोभिड भेरियन्टले घांटीमा समस्या उत्पन्न गरेपनि फोक्सोमा गम्भीर असर
नगर्ने देखाएको हो ।
६ अध्ययनमध्ये क्रिसमस इभमा प्रकाशित ४ अध्ययन प्रतिवेदनमा यसअघिका डेल्टा वा अन्य भेरियन्टले जस्तो मानिसको फोक्सोमा असर
नगर्ने देखाएको बेलायती अखवारहरुले उल्लेख गरेका छन् ।
उक्त प्रतिवेदन अन्य वैज्ञानिकहरुले भने गहिरोसंग अध्ययन गर्न बांकी नै छ ।
प्राध्यापक जेम्स स्टेवार्टका अनुसार युनिभर्सिटी अफ लिभरपुल मोलकुलर भाइरोलोजी रिसर्च ग्रुपले प्रकाशित गरेको प्रतिवेदनमा ओमिक्रोन मुसामा परीक्षण गर्दा कम गम्भीर रोग देखाएको पाइएको छ ।
मुसालाई ओमिक्रोन दिंदा उसको तौल कम घटेको, भाइरल लोड्स पनि कम र निमोनिया भएपनि साधारण खालको भएको पाइएको हो ।
‘यो एनिमल मोडल (मुसा) मा प्रयोग गरि प्रकाशित प्रारम्भिक अध्ययन प्रतिवेदन हो । ओमिक्रोनले उपल्लो श्वासप्रणाली नाक, घांटीमा इन्फेक्ट
गर्ने, छिटो छिटो आफ्नो संख्या बढाउने र छिटो सर्ने देखिएको छ’, लन्डन वाटफोर्ड जनरल हस्पिटलका कन्सल्टेन्ट फिजिसियन एवं एक्युट मेडिसिन डिपार्टमेन्टका क्लिनिकल डिरेक्टर डा. मोहन थापाले भने, ‘तर फोक्सोमा गम्भीर असर गर्ने पाइएको छैन् ।’
डा. थापाका अनुसार, ओमिक्रोन फोक्सोको टिस्यूमा छिर्नु भन्दा नाक, घांटीका कोशिकामा बढी छिरेर त्यहां रहिरहने, संख्या बढाउने र लक्षण देखाउने पाइएको छ । नाक, घांटीमा रहिरहने भएकाले हाछ्यू गर्दा अरुलाई छिटो सर्छ ।
डा. थापाले आफ्नो अस्पतालमा डिसेम्बर अगाडि र अहिलेको तुलना गर्दा अस्पताल भर्ना हुने विरामी दोब्बर बढेका तर मृत्युदर कम भएको बताए ।
‘अहिले यूके, युरोप र अमेरिकातिर ओमिक्रोनकै डोमिनेन्ट छ । ओमिक्रोनको स्पाइक
प्रोटिनमा परिवर्तन आएपनि बुस्टर डोजका कारण मृत्युदर कम देखिएको छ’, थापाले भने ।
बुस्टर डोजका कारण ‘एण्डी बडी’ बनेपछि मृत्युदर न्यून रहेको चिकित्सकहरुको विश्वास छ ।
यसअघि ब्रिटेनको हेल्थ सेक्युरिटी एजेन्सीले आफ्नो प्रारम्भिक अध्ययनमा यसअघिको डेल्टा भेरिएन्ट भन्दा ओमिक्रोन कम घातक भएको र झण्डै ७०
प्रतिशत ओमिक्रोन संक्रमित अस्पताल भर्ना हुन नपर्ने देखिएको बताएको थियो ।
२३ डिसेम्बरमा प्रकाशित इम्पेरियल कलेज लन्डनले गरेको अध्ययन र विश्लेषणमा पनि डेल्टाभन्दा ओमिक्रोन छिटो सर्ने तर मानिसलाई असर कम गर्ने पाइएको थियो ।
ओमिक्रोन संक्रमण तीव्र फैलिइरहंदा बेलायतले कामदार अभाव झेलिरहेको छ ।
फाइनान्सियल टाइम्स्का अनुसार, ओमिक्रोन संक्रमणपछि आइसोलेसन बस्दा अहिले निजी कम्पनीहरुमा झण्डै २५ प्रतिशत कामदार गयल भएका छन् भने गत २६ डिसेम्बरदेखि ३१ डिसेम्बरभित्र अस्पतालमा दुई तिहाइ कर्मचारी अनुपस्थित भए । रेल नेटवर्कमा समेत कर्मचारी अभाव आकासिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५