शनिबार, माघ ५, २०८१
22:43 | ०४:२८

ए स्टारको दशौं वार्षिकोत्सवमा १० वटा च्यारिटी संस्थालाई सहयोग

नेपाली लिङ्क डिसेम्बर ३१, २०२१

लन्डन । ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले आफ्नो स्थापनाको दशौं वार्षिकोत्सवमा १० वटा च्यारिटी संस्थालाई आर्थिक सहयोग गरेको छ ।

उक्त कम्पनीले आफ्ना १० ‘लोयल कस्टमर’ लाई गिफ्ट हयाम्परसहित उनीहरुले रोजेका बेग्लाबेग्लै १० च्यारिटी संस्थालाई दुई हजार पाउण्ड (करिब तीन लाख २० हजार रुपैयां) सहयोग गरेको हो ।

ति ग्राहक र च्यारिटी संस्थामा श्रीमति मन सुनुवार रत्न आश्रम, राजन महर्जन र श्रीमति नवी महर्जन रत्न आश्रम, पूर्णबहादुर राना तथा श्रीमति पद्मा राना एड्भोकेसी फर द नेपलिज अर्गनाइजेशन (आफ्नो), एलेक्स ली क्यान्सर रिसर्च यूके, शिवजी श्रेष्ठ तथा श्रीमति उर्मिला श्रेष्ठ ओखलढुंगा पारस्परिक गुठी तथा अनाथ आश्रम, जाकोब अब्राहम तथा श्रीमति जेसी भारुगीज रिजनल क्यान्सर सेन्टर केरला भारत, फत्तबहादुर थापा तथा श्रीमति सोनिया थापा 
एभरग्रीन केयर यूके, डा. लिज सुआजो मोरन तथा लुकास डबेक ओरल हेल्थ फाउण्डेशन, दीपेन्द्र सिटौला तथा श्रीमति दीपा सिटौला चाइल्ड रेस्क्यू नेपाल र कृष्णमणी राई तथा श्रीमति शान्ताकला राई स्नेही काख छन् ।

ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर तथा टप प्रोटेक्सन एड्भाइजर २०२१ अवार्ड विजेता मीन दर्लामी

ए स्टारले अपांग बालबालिकाको हितमा काम गर्ने च्यारिटी संस्था सर्कस स्टारमार्फत १० जना बालबालिकाका लागि इभेन्ट्समा जान खर्च पनि बेहोरिदिएको छ । कम्पनीले उक्त च्यारिटी संस्थाचलाई वर्षेनी सहयोग गर्दै आएको छ ।

वार्षिकोत्सव मनाउन तामझामसहित खर्च गर्नुको सट्टा समुदायको हितका लागि यस्तो सोच बनाइएको ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर तथा टप प्रोटेक्सन एड्भाइजर २०२१ अवार्ड विजेता मीन दर्लामीले बताए ।

बेलायतमा चार शाखा रहेको ए स्टारले पेन्सन, इन्भेष्टमेन्ट, वील्स् एण्ड स्टेट प्लानिङ, मोर्गेजेज्, इन्सुरेन्स जस्ता क्षेत्रमा सेवा प्रदान गर्ने गर्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू