शनिबार, माघ ५, २०८१
22:51 | ०४:३६

बेलायतमा एकै दिन १ लाख ८३ हजार बढी संक्रमित

रासस/सिन्ह्वा डिसेम्बर ३०, २०२१

तस्बिर एएफपी

लन्डन–बेलायतमा कोरोना भाइरस संक्रमण सुरु भएदेखिकै मंगलबार सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।

बेलायतमा मंगलबार त्यसको २४ घन्टायता मात्र कम्तीमा पनि १ लाख ८३ हजार ३७ जना संक्रमित भेटिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

एकै दिनमा यहाँ यतिधेरै संक्रमितहरु भेटिएको यो पहिलो घटना हो । यसअघि यहाँ सोमबार मात्र पनि करिब १ लाख ३० हजार जनामा यो संक्रमण भेटिएको थियो ।

त्यस्तै मंगलबार यहाँ कोरोनाका कारण ५७ जनाको ज्यान गएको छ । यसअघि सोमबार संक्रमणबाट १८ जनाको मात्र ज्यान गएको थियो ।

मंगलबार यहाँ मृत्यु हुनेको संख्या पनि बढेको छ । यहाँ अहिलेसम्ममा १ करोड २५ लाख भन्दा बढी संक्रमित पाइएका छन् ।

त्यसैगरी बेलायतका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट कम्तीमा पनि १ लाख ४८ हजार भन्दा बढीको ज्यान गएको बताएका छन् ।

यहाँ पछिल्लो समयमा ओमिक्रोनको संक्रमण पनि बढ्दै गएको छ । जसका कारण सरकारले कतिपय सार्वजनिक कार्यमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह पनि गरेको छ ।

पछिल्लो समयमा यहाँ ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने संक्रमितहरुको संख्या पनि बढ्दो छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू