बिहीबार, मंसिर १३, २०८१
13:57 | १९:४२

दक्षिण कोरियामा जन्मदर निरन्तर कम हुँदै

रासस/सिन्ह्वा डिसेम्बर २९, २०२१

सोल, १४ पुस– दक्षिण कोरियामा जन्म दरमानिरन्तर कमी आएको देखिएको छ । अक्टोबरसम्मको हालै सार्वजनिक तथ्याङ्क अनुसार जन्म दरमा आएको निरन्तरको ह्रासले दक्षिण कोरियाको जनसाङ्ख्यिक संकट निम्तिने चिन्ता कायमै रह्यो ।

कोरियाली तथ्याङ्क कार्यालयका अनुसार अक्टोबर महिनामा नवजात शिशुहरूको सङ्ख्या २० हजार ७३६ थियो र यो एक वर्ष पहिलेको भन्दा ५.२ प्रतिशतले कमी हो ।

सन् १९८१ मा तथ्याङ्क संकलन गर्न थालिएपछि यो रिपोर्ट अहिलेसम्मकै सबैभन्दा कम हो ।

दक्षिण कोरियामा सन् २०१५ को डिसेम्बरदेखि ७१ महिनादेखि नवजात शिशुको सङ्ख्यामा कमी आएको छ । यहाँ विवाहमा ढिलासुस्ती हुने सामाजिक अभ्यासका कारण बच्चा जन्माउने उमेर पुगेका महिलाहरूको सङ्ख्या कम हुँदै गएको छ ।

बर्षभरी विवाहको सङ्ख्या ७.७ प्रतिशतले घटेको छ भने अक्टोबरमा १५ हजार २०३ जोडीको मात्र विवाह भएको सरकारी तथ्याङ्क छ । यो अक्टोबर महिनामा अझै बढी कम थियो ।

उल्लेखित महिनामा सम्बन्धविच्छेद गर्नेको संख्या १७.६ प्रतिशतले घटेर सात हजार ७०३ पुग्यो । यस वर्षको पहिलो १० महिनामा नवजात शिशुहरूको सङ्ख्या दुई लाख २४ हजार २१६ रहेको थियो, जुन गत वर्षको सोही अवधिको तुलनामा ३.६ प्रतिशतले कमी हो ।

सन् २०२१ को १० महिनाको अवधिमा विवाह गर्नेको संख्यामा १०.१ प्रतिशतले कम भएर एक लाख ५५ हजार ६६० पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू