शनिबार, माघ ५, २०८१
20:44
|
०२:२९
बेलायतमा महामारी शुरु भएपछिकै धेरै संक्रमित
रासस-सिन्ह्वा
डिसेम्बर २९, २०२१
लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमण शुरु भएदेखिकै सबैभन्दा बढी संक्रमित भएका छन् । यहाँ गत सोमबार मात्र कम्तीमा पनि १ लाख २९ हजार ४७१ जना संक्रमित भेटिएका छन् ।
बेलायत सरकारका स्वास्थ्य अधिकारीहरुका अनुसार सोमबार बेलायतमा कोरोनाका कारण १८ जनाको ज्यान गएको छ। यहाँ अहिलेसम्ममा १ करोड २३ लाख भन्दा बढी संक्रमित पाइएका छन्।
त्यसैगरी बेलायतका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि १ लाख ४८ हजार २१ जनाको ज्यान गएको बताएका छन् ।
यहाँ पछिल्लो समय ओमिक्रोन संक्रमण पनि बढ्दै गएको छ । जसका कारण सरकारले कतिपय सार्वजनिक कार्यहरुमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह पनि गरेको छ ।
ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने संक्रमितहरुको संख्या पनि बढ्दो देखिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५