बिहीबार, मंसिर १३, २०८१
13:41 | १९:२६

ब्राजिलमा भारी वर्षा जारी, २० को मृत्यु

रासस/सिन्हवा डिसेम्बर २८, २०२१

तस्बिर एपी ।

ब्रासिलिया १३ पुस– ब्राजिलमा भारी वर्षा जारी छ । सो वर्षाबाट सोमबारसम्ममा २० जनाको ज्यान गएको बताइएको छ ।

ब्राजिलको उत्तरपूर्वी बाहियामा सो वर्षाको प्रभाव बढी देखिएको छ । सो राज्यमा आएको वर्षाका कारण भौतिक क्षति पनि पुगेको छ ।

यहाँको प्रकोप नियन्त्रण निकायले सोमबारसम्म सो वर्षाबाट कम्तीमा पनि २० जनाको ज्यान गएको छ भने अरु ३५८ जना घाइते भएका जनाएको छ ।

वर्षापछिको बाढीका कारण उनीहरु घाइते भएका हुन् । सो वर्षाबाट करिब पाँच लाख नागरिक नराम्ररी प्रभावित भएका बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू