बिहीबार, मंसिर १३, २०८१
13:33 | १९:१८

सोमालियाका प्रधानमन्त्री भ्रष्टाचार र चुनावी विवादमा निलम्बित

रासस/एएनआई/सिन्ह्वा डिसेम्बर २७, २०२१

प्रधानमन्त्री मोहम्मद रोबेल

मोगादिसु सोमालिया, १२ पुस–सोमालियाका राष्ट्रपति मोहम्मद फर्माजोले सोमबार प्रधानमन्त्री मोहम्मद रोबेललाई भ्रष्टाचारको आरोपमा निलम्बन गरेका छन् ।

फर्माजोले विज्ञप्ति जारी गर्दै रोबेललाई भ्रष्टाचार र सार्वजनिक जग्गाको दुरुपयोगमा संलग्न भएको आरोप लगाउँदै चुनावी प्रक्रियालाई सफल निष्कर्षमा पुर्याउन समेत विफल भएको आरोप लगाएका छन् ।

उनका अनुसार प्रधानमन्त्रीको काम र अधिकार छानबिनका लागि निलम्बन गरिएको हो ।
यो सँगै उपप्रधानमन्त्री महदी मोहम्मद गुलेद कार्यवाहक प्रधानमन्त्री हुनेछन् र रोबेलमाथिको अनुसन्धानको निष्कर्ष नआएसम्म उनलाई निलम्बनमा राखिनेछ ।

राष्ट्रपति फर्माजोले सबै सरकारी अधिकारीहरूलाई सार्वजनिक जग्गा दुरुपयोग नगर्न र देशको कानून र नियमहरूको पालना गर्न आग्रह गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू