बिहीबार, मंसिर १३, २०८१
13:36 | १९:२१

टर्की र कतारले गरे काबुल विमानस्थल सञ्चालन 
गर्ने सम्झौता

रासस/एएनआई डिसेम्बर २५, २०२१

तस्बिर एपी

काबुल (अफगानिस्तान), १० पुस– टर्की र कतारले काबुलको अन्तरराष्ट्रिय विमानस्थल र अफगानिस्तानका अन्य चार विमानस्थलको व्यवस्थापनका लागि तालिवानसँग सम्झौता गरेको स्पुतनिकले जनाएको छ ।

उक्त वार्ता प्रभावकारी रहेको र ति देशहरू आगामी दिनमा प्राविधिक समूह सिर्जना गर्न सहमत भएका छन् । “दोहा र अंकारा संयुक्तरूपमा काबुल अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न सहमत भएका छन्,“ स्रोतहरूले भने।

टर्की–कतारी प्रतिनिधिमण्डलले संयुक्त कार्यलाई निरन्तरता दिन छिटै काबुल भ्रमण गर्ने पनि स्पुतनिकले रिपोर्ट प्रस्तुत गरेको छ ।

यसअघि अगस्ट ३१ मा अमेरिकी सेना फिर्ता भइसकेपछि कतारको प्राविधिक टोलीले काबुल अन्तरराष्ट्रिय विमानस्थल मर्मत गरेको थियो ।

अगस्ट मध्यमा तालिबानले सत्ता कब्जा गरेपछि काबुलको अन्तरराष्ट्रिय विमानस्थल र अफगानिस्तानभरि अन्तरराष्ट्रिय र स्थानीय उडानहरू स्थगित गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू