आइतबार, मंसिर ९, २०८१
09:00
|
१४:४५
स्वादिलो जूठो
कविता बिष्ट
डिसेम्बर २५, २०२१
तिमी हेर्दा टाढाको जून जस्तो
शीतल, सुन्दर र विशिष्ट
कति मोहिनी रूप छ तिम्रो
नशालु, उज्ज्वल, उत्कृष्ट
तर रहेछौ खास सूर्य जस्तो
रापिलो, तापिलो, ओजस्वी
मेरो प्यारो विस्वामित्र तपस्वी
तर झूठो तिमी, झूठी म
कस्तो झूठ रहेछ यो संसार
अधूरो छौ तिमी, अधूरी छु म
हेर्दा भरिपूर्ण देखिन्छ घरबार
भोग्नुपर्ने कस्तो यो नियति ?
जूठो तिमी, जूठी म
चोखो छ केवल हाम्रो पिरती
जूठो चिया, कफी अनि सर्बत
स्वाद मानी मानी पिएर गरयौं
बेचैन हृदयको हामीले मर्मत
त्यो कप, त्यो मग, त्यो गिलास
कठै ! केही गरे नि नमेट्ने भयो
यो दिलको पियास
त्यो मनको पियास
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५