बिहीबार, मंसिर १३, २०८१
15:43 | २१:२८

डुंगा आगलागीमा ४० जनाको मृत्यु पुष्टि, दर्जनौँ घाइते

रासस/एएनआई डिसेम्बर २४, २०२१

ढाका, बंगलादेश, ९ पुस– बंगलादेशको दक्षिणी जिल्ला झालाकाथीमा शुक्रबार एक नदीमा खचाखच भरिएको डुंगामा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको प्रशासनले पुष्टि गरेको छ ।

ढाका त्रिवुनले दिएको जानकारी अनुसार धेरै यात्रुहरु जलेर गम्भीर घाइते भएकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्ने सम्भावना छ ।

बारीसालको शेर–ए–बंगला मेडिकल कलेज एन्ड हस्पिटल (एसबिएमसीएच) का सहायक निर्देशक डा. मोनिरुज्जामानले भने, “घाइतेमध्ये ५०% सम्म जलेका ६६ मध्ये १८ जना महिला छन् भने बाँकीको अवस्था पनि गम्भीर छ ।”

उनले थपे, “आगोमा जलेर गम्भीर घाइते भएका तीन जना महिला र चार जना पुरुषलाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि ढाका मेडिकल कलेज र अन्य अस्पतालहरूमा पठाइएको छ ।”

अग्नि नियन्त्रण सेवाका अधिकारीहरूले ७० जनाभन्दा बढी यात्रु स्थानीय अस्पतालमा पठाइएको बताएका छन् । आगो इन्जिन कोठाबाट सुरू भई मानिसहरू खचाखच भएका अन्य कक्षमा फैलिएको प्रारम्भिक अनुसन्धानले देखाएको उनीहरूले बताए ।

दापडापिया क्षेत्रमा पुग्दा बिहान ३ बजेको समयमा आगोको ज्वाला देखिएको र उक्त डुंगा झलाकाथी सदर उपजिल्लाको दियाकुल क्षेत्रमा गएर नदीको किनारमा अवतरण गराइएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू