बिहीबार, मंसिर १३, २०८१
15:54
|
२१:३९
स्पेनको क्यातलोनियामा संक्रमण बढेपछि पुन: निषेधाज्ञा
रासस-एएफपी
डिसेम्बर २३, २०२१
मड्रिड । स्पेनको उत्तरपूर्वी क्षेत्र क्यातलोनियामा क्रिसमसको पूर्वसन्ध्यामा रात्रिकालिन निषेधाज्ञा आदेश जारी गरिएको छ । कोभिड–१९ को बढ्दो सङ्क्रमण रोक्न निषेधाज्ञा जरूरी देखिएको भन्ने क्षेत्रीय सरकारको निर्णयलाई बिहीबार अदालतले अनुमोदन गरेको हो ।
यूरोप, अमेरिका लगायतका क्रिश्चियन बहुल मुलुकले धुमधाम साथ क्रिसमस मनाइरहेका समय स्पेनी राज्य क्यातलोनियामा कोभिड–१९ संक्रमण नियन्त्रणका लागि यो नीति अख्तियार गरिएको हो ।
यस क्षेत्रको सर्वोच्च अदालतले क्याटालोनियाको क्षेत्रीय सरकारले राती १:०० बजेदेखि बिहान ६:०० बजेसम्म रात्रिकालिन कर्फ्यू लगाउन गरेको अनुरोधसँग सहमत भएको बताएको छ । यो आदेश उपाय शुक्रबारदेखि १५ दिनसम्म लागू हुने जनाइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ