बिहीबार, मंसिर १३, २०८१
14:35
|
२०:२०
जापानी प्रधानमन्त्रीद्वारा २०२२ मा ज्याला वृद्धि गर्न आह्वान
रासस-सिन्ह्वा
डिसेम्बर २३, २०२१
टोकियो–जापानी प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार आफ्नो सम्पत्ति वितरणको नीतिगत लक्ष्य अनुसार अर्को वर्षको शुरुमा वार्षिक श्रम–व्यवस्थापन वार्ता अघि ज्याला वृद्धि गर्न आह्वान गरेका छन् ।
‘मजदुरी बढाएर (सम्पत्ति) बाँडफाँड गर्नु भनेको भविष्यमा लगानी गर्नु हो’, किशिदाले औपचारिक रूपमा जापान बिजनेस फेडरेशन भनेर चिनिने केइदानरेनको बैठकमा उक्त टिप्पणी गरेका हुन् ।
अक्टोबरमा पदभार ग्रहण गरेका प्रधानमन्त्रीले आफ्नो नयाँ पूंजीवादमा बलियो मध्यम वर्ग निर्माण गर्ने वाचा गरेका थिए । त्यसका लागि ज्याला वृद्धिको गतिलाई प्रमुख कामको रुपमा लिएका छन् ।
उनले प्रि–प्यान्डमिक स्तरमा फर्केका कम्पनीहरूको ४ प्रतिशत भन्दा बढी तलब वृद्धि गर्न आह्वान गर्दै आएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ