कोल्चेस्टरका नेपालीको घरदैलोमा लन्डन दूतावासको कन्सुलर सेवा
लन्डन । लन्डनस्थित नेपाली दूतावासले बेलायतको कोल्चेस्टरमा पुगेर आफ्नो घुम्ती सेवा प्रदान गरेको छ ।
स्थानीय कोल्चेस्टर नेप्लिज सोसाइटीसंगको सहकार्यमा दूतावासको टोली गत शनिबार कोल्चेस्टर पुगेर स्थानीय नेपालीहरुलाई सेवा उपलब्ध गराएको हो । कोल्चेस्टरस्थित अबिगेट हाउसमा डेस्क राखेर दूतावासको कन्सुलर सेवा प्रदान गरिएको थियो ।
सेकेन्ड सेक्रेटरी रामबाबु नेपालको नेतृत्वमा गएको दूतावासको टोलीबाट त्यस क्षेत्रका दुई दर्जन बढी नेपालीले प्रत्यक्ष लाभ लिएका छन् ।
कोल्चेस्टर नेप्लिज सोसाइटीका अध्यक्ष एवम् मेजर उदयबहादुर गुरुङ (एमबिई) का अनुसार दूतावासले घुम्ती सेवामार्फत् १२ जनाको एनआरएन कार्ड, २ जनाको भिजिट भिसा र १२ जनाको नेपाली राहदानी नवीकरणको काम गरिदिएको छ ।
अध्यक्ष गुरुङले कोल्चेस्टरमै पुगेर कन्सुलर सेवा प्रदान गर्ने दूतावास कर्मचारीहरुप्रति कोल्चेस्टरवासी सम्पूर्ण नेपालीहरुको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन् । ‘हामी धेरै आभारी छौं दूतावासप्रति, उहाँहरुको घुम्ती सेवाले यहाँका धेरै नेपालीलाई निकै सजिलो भयो’, उनले भने, ‘लन्डन जांदा-आउंदा सिंगो दिन त खर्चिनु परेन नै, जनही सय, डेढ सय पाउण्डको ट्रेन भाडा समेत जोगिएको छ ।’
दूतावासले उपलब्ध गराएको कन्सुलर सेवा कोलचेस्टर नेपाली समाजका लागि निकै नै लाभदायक र सह्रानीय बनेको अनुभव अध्यक्ष गुरुङले सुनाए । उनले थपे, ‘हाम्रो घरदैलोमै कन्सुलर सेवा प्रबन्ध गरिदिनुहुने कार्यवाहक राजदूत रोशन खनाल र कोल्चेस्टर आएर सेवा दिनुहुने सेकेन्ड सेक्रेटरी रामबाबु नेपालसहित सिंगो दूतावास परिवारप्रति हामी आभारी छौं ।’
अध्यक्ष गुरुङले दूतावासको घुम्ती टोलीलाई सहयोग गर्ने र आवश्यक तयारीमा जुट्ने समाजका सबै सदस्य एवम् अभियन्ताहरुप्रति पनि आभार प्रकट गरे ।
कार्यक्रमका लागि विभिन्न तवरले सहयोग पुर्याउने क्याप्टेन उमेश कुमार पुन (एमभिओ) र श्रीमती रुपा पुन, कर्णबहादुर राणा, शोभित गुरुङ, दमबहादुर पुन, श्रीमती रुकमाया राना, श्रीमती मिश्री गुरुङ, श्रीमती जसकुमारी गुरुङ र श्रीमती टक माया पुनलगायतका सबै सहयोगीप्रति सोसाइटीका तर्फबाट अध्यक्ष गुरुङले धन्यवाद ज्ञापन गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५