बिहीबार, मंसिर १३, २०८१
09:41 | १५:२६

नेपाल जाँदा अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित

नेपाली लिङ्क डिसेम्बर १८, २०२१

काठमाडौं । बेलायतसहित  विभिन्न ६७ मुलुकबाट नेपाल जाँदा अनिवार्य  रुपमा ७ दिन क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित भएको छ ।  

नियम लागू गरिएको भन्दै सूचना जारी गरिएको एक दिन बित्न नपाउंदै अध्यागमन विभागले अर्को सूचना नआएसम्म नियम स्थगित गरिएको जनाएको छ ।  

विभागले  शनिबार आफ्नो वेबसाइटमा सूचना राखेर अनिवार्य  होटेल क्वारेन्टिनसम्बन्धि नियम हाललाई स्थगित गरिएको जनाएको छ ।  

एक दिनमै निर्णय स्थगित गरिएको कारण भने स्पष्ट खुलाइएको छैन ।

नियम स्थगित गरिएको सूचना

यसअघि कोरोना भाइरसको नयाँ ’भेरियन्ट’ को जोखिम बढेको भन्दै नेपाल सरकारले धेरै मुलुकबाट नेपाल भित्रिने यात्रुलाई होटेल क्वारेन्टिन अनिवार्य बनाएको सूचना जारी गरिएको थियो   

शुक्रबार अध्यागमन विभागले जारी गरेको सूचनामा विभिन्न ६७ देशबाट आउने यात्रुले सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरिएको उल्लेख थियो । जसअनुसार बेलायत, अमेरिकासहित थुप्रै युरोपेली मुलुकहरूलगायत ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने थियो 

सात दिनको होटेल क्वारेन्टिन पूरा भएपछि कोरोना परीक्षण गराउंदा नेगेटिभ नतिजा आउनेहरुले आफ्नै घरमा गएर थप सात दिन क्वारेन्टिन बस्नुपर्ने र नतिजा पोजेटिभ आउनेहरुलाई भने तोकिएका आइसोलेसन केन्द्र वा अस्पतालमा पठाइने जनाइएको थियो ।

क्वारेन्टिन नियम स्थगित गरिएसंगै हाललाई विदेशबाट जाँदा होटेल क्वारेन्टिन बस्नु नपर्ने भएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू