साफ महिला फुटबलमा भूटानलाई हराउँदै नेपाल फाइनलनजिक
काठमाडौं । यू–१९ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल भूटानलाई पराजित गर्दै फाइनल नजिक पुगेको छ ।
बंगलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रंगशालामा शुक्रबार भएको खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो । नेपालसँग पराजित भएसँगै भुटान लिग चरणबाटै बाहिरिएको छ ।
नेपालको जितमा मेनुका आले मगरले २ गोल गरिन् भने कुसुम खतिवडा र रजनी थोकरले समान १-१ गोल गरे । जितपछि अपराजित रहेको नेपालले चार खेलबाट सात अंक जोडेको छ । नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अब नेपालले लिगको अन्तिम खेल भारतसँग यही पुस ४ गते खेल्नेछ ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गरेको थियो ।
यसअघि भूटानले पहिलो खेलमा श्रीलंकालाई ५–० गोलले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बंगलादेशसँग भूटान ६–० गोलले पराजित भएको थियो भने तेस्रो खेलमा भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो ।
पाँचौं स्थानमा रहेको श्रीलंका लगातार तीन खेलमा हार बेहोर्दै अंकविहिन बनेको छ । श्रीलंका उपाधि होडबाट बाहिरिएको छ ।
पाँच राष्ट्र सहभागी उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५