बेलायतमा १० वर्षपछिकै उच्च दरमा बढ्यो महंगी
लन्डन ।बेलायतमा पछिल्लो दश वर्ष यताकै उच्च महंगी रेकर्ड भएको छ ।
गत नोभेम्बर महिनासम्मको एक वर्षको अवधिमा ५ दशमलव १ प्रतिशत महंगी बढेको हो ।
‘अफिस फर नेश्नल स्टाटिस्टिक्स’ का अनुसार बेलायतमा दश वर्षयताकै सबैभन्दा उच्च दरमा महंगी बढेको हो । सन् २००९ को सेप्टेम्बरयता यति उच्च दरमा महंगी बढेको यो नै पहिलो पटक हो ।
रेकर्ड उच्च महंगीका पछाडि यातायात र इन्धनमा भएको उच्च मूल्य वृद्धि नै प्रमुख कारण देखिएको छ ।
बेलायतमा कोरोना महामारी नियन्त्रणको प्रयासमा लागू गरिएको लकडाउन खुलेदेखि नै उपभोग्य सामग्रीहरुमा ग्राहकको मागअनुसारको पूर्ति हुन सकिरहेको छैन ।
ग्लोबल सप्लाई चेनमा अवरोध, कामदारको अभाव, ग्यांस र तेलको लागि तीव्र माग जस्ता कारणले पनि मूल्य वृद्धि हुनमा सहयोग गरेका छन् ।
पछिल्लो तथ्यांक सार्वजनिक हुनुअघि नै बेलायतमा फुड तथा ड्रिंक व्यवसायीहरुले पनि निकट भविष्यमा चर्को मूल्य सामना गर्नुपर्ने चेतावनी दिइसकेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५