बिहीबार, मंसिर १३, २०८१
16:34
|
२२:१९
कोरियाको रासायनिक कारखानामा विष्फोट हुँदा दुईको मृत्यु
रासस-सिन्ह्वा
डिसेम्बर १३, २०२१
सियोल–दक्षिण कोरियाको एक रासायनिक कारखानामा विष्फोट हुँदा दुई कामदारको मृत्यु हुनाका साथै एक जना बेपत्ता भएको योनहाप समाचार एजेन्सीले सोमबार जनाएको छ ।
विष्फोट दिउँसो १:३७, स्थानीय समयानुसार (०४३७ जीएमटी) राजधानी सियोलबाट करिब ४५० किलोमिटर दक्षिणमा रहेको येओसु सहरको येओसु औद्योगिक परिसरमा रहेको रासायनिक कारखानामा भएको थियो ।
कारखानाको केमिकल भण्डारण केन्द्रमा सात जना काम गरिरहेका थिए । दुई जना नजिकैको प्लान्टमा मृत फेला परेका थिए भने अर्का बेपत्ता छन् । अन्य चार सुरक्षित रहेको पुष्टि भएको छ ।
विष्फोटले आगो निम्त्याएको थियो भने कालो विषाक्त धुवाँ १० किलोमिटर टाढासम्म देखिएको पनि जनाइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ