शुक्रबार, माघ ४, २०८१
14:53 | २०:३८

माओवादीनिकट जनप्रगतिशिल मञ्च यूकेमा नयाँ नेतृत्व

नेपाली लिङ्क डिसेम्बर १३, २०२१

लन्डन । नेकपा माओवादी (केन्द्र) निकट जनप्रगतिशिल मञ्च यूकेले नयाँ नेतृत्व पाएको छ ।  

आइतबार भर्चुअल रुपमा सम्पन्न संगठनको अधिवेशनले मानबहादुर गुरुङको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो ।

मञ्चको नवनिर्वाचित समितिमा फूलप्रसाद कंडेल, तुल छन्त्याल, शेरसिंह ठकुरी र नवीन स्याङ्तान तामाङ गरी चार उपाध्यक्ष निर्वाचित भएका छन् । 

त्यसैगरी, मञ्चको महासचिवमा विमला लिम्बू तथा तथा दुई सचिवमा कान्छाराम बुढाथोकी (विनय)  र राजमनि राई, कोषाध्यक्षमा कपिल श्रेष्ठ र सहकोषाध्यक्षमा माया केसी निर्वाचित भएका छन् ।

सदस्यहरुमा भने राममणि रिजाल, हरिकृष्ण पौडेल, विष्णु चालिसे, रूद्र गैरे, मिलन लिम्बु, बिपिन गुरूङ, अरूण थापा, जित गिरी, महेश देवकोटा, कृष्ण खनाल, सन्तोषी नाल्बो, दीपककुमार गुरुङ, लाक्पा डोमा शेर्पा लामा, गंगाकुमारी गुरुङ, विशाल गोले तामाङ, राजेन्द्र गुरुङ, वीर बलाल, सागर सुब्बा, मेख गुरुङ, रचना राई, हरि अर्याल, बिष्णुमाया बस्नेत, रवि घिमिरे र ललित परियार छन् ।

अधिवेसनमा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का प्रवास कमिटी अध्यक्ष ओम शर्मा थिए भने विशेष अतिथि बेलायतका लागि नेपालका कार्यबाहक राजदूत श्रीमती रोशन खनाल रहेकी थिइन् ।

कार्यक्रममा प्रवास कमिटीका सचिव टिबी पाठक, युरोप कमिटीका अध्यक्ष सुरेन्द्र भुषाल, सचिव रण केसी, युरोप  क्षेत्रका निर्वाचन आयुक्त सुरेन्द्र नेपाल श्रेष्ठ, एनआरएनए प्रवक्ता डीबी क्षेत्री, नेपाली समाज यूकेका अध्यक्ष चन्द्र गुरुङ, प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष कृष्ण तिवारी, नेपाल आदिवासी जनजाति महासंघ यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पासहित युरोपका विभिन्न देशबाट सहभागी अतिथिहरुले शुभकामना दिएका थिए ।

कार्यक्रम मञ्चका अध्यक्ष सुरेश गौतमको अध्यक्षता र सचिव शेरसिंह ठकुरी र तुल छन्त्यालको सञ्चालनमा भएको थियो ।

बन्द सत्रमा अध्यक्ष सुरेश गौतमले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष कपिल श्रेष्ठले आर्थिक प्रतिवेदन र विधान मस्यौदा समितिका संयोजक कान्छाराम बुढाथोकीले विधान मस्यौदा पेश गरेका थिए ।

नयाँ कार्यसमिति चयनका लागि सुरेन्द्र नेपाल श्रेष्ठको संयोजकत्वमा नरेश खपाङ्गीमगर र कर्मा पहाडी शेर्पा रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू