शुक्रबार, माघ ४, २०८१
14:58 | २०:४३

बेलायतमा तोडफोड गरिएका नेपालीका दुवै गहना पसल सुरक्षित

नेपाली लिङ्क डिसेम्बर १०, २०२१

लण्डन । बेलायतमा बिहीबार राती नेपालीद्वारा सञ्चालित दुई गहना पसलमा तोडफोड भएपनि चोरले कुनै गहना लान नपाएको संचालकले जनाएका छन् । 

नेपालीको बाक्लो बस्ती रहेको बेलायतको अल्डरसटमा रहेका अनुग्रह ज्वेलर्स र न्यू लक्ष्मी ज्वेलर्समा बिहीबार राती ३ बजेतिर लुटपाट प्रयास भएको थियो ।

गहन पसलमा आधुनिक प्रविधि जडान र  सेक्युरिटी अलार्मका कारण पसलका सबै गहना सुरक्षित रहेको न्यू लक्ष्मी ज्वेलर्सकी संचालिका लक्ष्मी राईले नेपाली लिंकलाई बताइन् ।

बढ्दो आपराधिक घटनाका कारण आफूहरुले महत्वपूर्ण सामान पसलमा राख्ने नगरेको उनले बताइन् । 

अनाधिकृत रुपमा पसलभित्र प्रवेश गरे सोझै प्रहरीकहां अलार्म पुग्ने र पसलभित्र पनि धुवाँ फैलिने भएकोले सहजै चोरी गर्न नसकिने लक्ष्मी बताउंछिन् । उनले अन्य गहना पसल संचालकलाई पनि प्रविधि जडान गर्न सुझाइन् ।  

लुटेराहरुले गाडीले हानेर सटर फुटाएर क्षेति पुर्याएका थिए । प्रहरी आएपछि लुटेराहरु आफूले प्रयोग गरेको गाडी घटनास्थलमै छाडेर भागेका थिए ।

न्यू लक्ष्मी ज्वेलर्सकी संचालिका लक्ष्मी राई

दुवै गहना पसल अहिले प्रहरीले घेरावन्दी गरेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । प्रहरीले घट्नाबारे सूचना भए दिन सर्वसाधारणलाई अपील पनि गरेको छ ।

ह्याम्पसायर प्रहरीले शुक्रबार बिहान १०:१८ मा एक अपील प्रकाशित गर्दै सो घटनाका बारेमा केही सूचना वा जानकारी भए प्रहरीलाई उपलब्ध गराउन अनुरोध गरेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू