शुक्रबार, माघ ४, २०८१
13:38
|
१९:२३
बेलायतमा दुई नेपाली गहना पसल लुटिए
नेपाली लिङ्क
डिसेम्बर १०, २०२१
लण्डन । बेलायतमा नेपालीहरूद्वारा सञ्चालित दुई गहना पसल लुटिएका छन्।
नेपालीहरुको बाक्लो बस्ती रहेको बेलायतको अल्डरसटमा रहेका अनुग्रह ज्वेलर्स र न्यू लक्ष्मी ज्वेलर्समा बिहीबार राती ३ बजेतिर लुटपाट भएको हो ।
स्थानीय रश्मोर बरोका काउन्सिलर जीव बेल्वासेका अनुसार लुटेराहरुले गाडीले हानेर सटर फुटाएर गरगहना लुटेका थिए । प्रहरी आएपछि लुटेराहरुले प्रयोग गरेको गाडी घटनास्थलमै छाडेर भागेका छन् ।
लुटपाटबाट के कति क्षति भयो भन्ने स्पष्ट भइसकेको छैन । लुटिएका दुवै गहना पसल अहिले प्रहरीले घेरावन्दी गरेको छ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
बेलायतका विभिन्न क्षेत्रमा नेपालीका घरमा पनि बारम्बार गरगहना चोरी हुँदै आएको छ ।
तस्वीर: ह्यब अ मोमेन्ट
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५