बेलायती सांसदसंग भूतपूर्व गोर्खाहरुको भेट स्थगित
लन्डन । भूतपूर्व गोर्खाहरुले बेलायती सांसदलाई भेटेर आफ्ना गुनासा सुनाइ सरकारलाई दवाव दिने एउटा कार्यक्रम स्थगित भएको छ ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले प्रतिपक्षी लेबर पार्टीकी सांसद सिमा मल्होत्रा लगायत ३ बढि सांसदहरुसंग आइतबार लन्डनमा भेटघाट कार्यक्रम तय गरेको थियो । ‘तर, सरकारको कोभिड ‘प्लान बी’ का कारण कार्यक्रम स्थगित गरयौं’, समितिका निर्देशक ज्ञानराज राईले भने ।
सत्याग्रहले पेन्सन मात्र नभइ समान हक अधिकार लगायत सेवा सुविधाका लागि विभिन्न क्षेत्रका सांसदहरुसंग भेटेर सहयोग माग्दै दवाव दिइरहेको छ ।
यसअघि निर्धारित बेलायत र नेपाल सरकार एवं भूतपूर्व गोर्खाहरुबीचको वार्ता अनिश्चित भइरहंदा सत्याग्रहले दुवै सरकारलाई अहिले वार्ता मिति र उच्चस्तरिय कमिटी गठनमा दवाव दिई वार्ता गर्न बाध्य बनाएको हो ।
यसैबीच, निर्देशक राईले भूतपूर्व गोर्खाहरुमाथि भएको ऐतिहासिक अन्याय राजनीतिक र कूटनीतिक माध्यमबाट मात्र समाधान हुने जनाउंदै बेलायती रक्षा मन्त्रालयले आइपीसी (७ इण्डियन पे कमिसन) को प्रस्तावमा समायोजन गरि पेन्सन सम्बन्धमा सार्वजनिक गर्न लागेको परामर्श प्रतिवेदनबारे रोष प्रकट गरेका छन् ।
‘समान पेन्सनबारे बेलायत र नेपाल सरकारबीच वार्ता अगाडि बढिरहेका बेला भारत र ब्रिटेन (७ नोभेम्बर १९४७ ) को दुईपक्षीय पुरानो सन्धि अनुसार पेन्सन बढाउने कुरा मान्य हुने छैन्, यो सार्वभौम नेपाललाई नै अपमान गरिएको हो । के नेपाल कसैको उपनिवेश हो ?’ राईले गम्भीर हुंदै प्रश्न गरे ।
बेलायतले भूतपूर्व गोर्खाहरुको ऐतिहासिक अन्याय समाधान गर्ने लिखित जवाफ दिइसकेकाले अरुलाई भ्रममा नपर्न पनि सत्याग्रहले अनुरोध गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५