शुक्रबार, माघ ४, २०८१
13:53 | १९:३८

बेलायतमा झन् बढ्यो कोरोना, एकै दिन ५१ हजार संक्रमित

रासस/सिन्ह्वा डिसेम्बर ९, २०२१
BORIS

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन आफ्नो कार्यालयमा कोरोना अपडेट गराउंदै । तस्बिर-एएफपी

लन्डन, २३ मङ्सिर– बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ । बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन ५१ हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका छन् ।

स्वास्थ्य अधिकारीहरुले यहाँ धेरै लामो समयपछि यति धेरै संक्रमित भएका पनि जनाएका छन् । बेलायतको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा यहाँ बुधबार मात्र ५१ हजार ३०० भन्दा बढी देखिएका हुन् । सो विज्ञप्तिमा उल्लेख गरिएअनुसार पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसबाट यहाँ ५१ हजार भन्दा बढी मानिस यहाँ संक्रमित भएका छन् ।

अघिल्लो हप्ता यहाँ संक्रमित केही घटेका थिए । तर बुधबार भने यहाँ झन् धेरै संक्रमित देखिएका बताइएको हो । योसमेत गरी बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या १ करोड ६ लाखभन्दा बढी पुगेको छ ।

बेलायतमा सोमबार मात्र १६१ जना यो संक्रमणबाट मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४५ हजार भन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये नौ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत छन् । यहाँका १६ वर्षमाथिका करिब सबै नागरिकले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् ।

तर, पनि पछिल्ला केही दिनमा यहाँ संक्रमण झन् बढेको पाइएको सरकारी अधिकारीहरूले बताएका छन् । सरकारी प्रयासका बाबजुत यहाँ संक्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू