बिहीबार, मंसिर १३, २०८१
17:46 | २३:३१

राष्ट्रपति पुटिन भारत जांदै, भारत रुसबीच विभिन्न सम्झौता हुने

रासस–एएनआई डिसेम्बर ५, २०२१

रुसी राष्ट्रपति पुटिन । तस्बिर एपी

नयाँ दिल्ली भारत, १९ मङ्सिर– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २१ औं भारत–रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन सोमबार भारत आउँदै छन् ।

नोभेम्बर २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि राष्ट्रपति पुटिन र प्रधानमन्त्री नरेन्द्र मोदीबीचको यो पहिलो प्रत्यक्ष भेट हुनेछ।

शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र रुसबीचको द्विपक्षीय सम्बन्धको अवस्था र सम्भावनाहरूको समीक्षा गर्दै दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्ने उपायहरूबारे छलफल गर्ने जनाइएको छ।

‘रुसी राष्ट्रपति भ्लादमिर पुटिनले डिसेम्बर ६ मा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भारत र रुसको वार्षिक शिखर सम्मेलनको लागि नयाँ दिल्लीको औपचारिक भ्रमण गर्नुहुनेछ’, विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यसअघि बताइसकेका छन् ।

शिखर सम्मेलनले क्षेत्रीय बहुपक्षीय र पारस्परिक हितका अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्ने बागचीले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू