शुक्रबार, मंसिर १४, २०८१
20:33
|
०२:१८
लिबियाली तटमा ७५ बढी अवैध आप्रवासीको डुबेर मृत्यु
रासस–सिन्ह्वा
नोभेम्बर २१, २०२१
त्रिपोली, मङ्सिर ५ – आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले शनिबार पश्चिमी लिबियाको तटमा ७५ भन्दा बढी अवैध आप्रवासीहरू युरोप पुग्ने प्रयासमा समुद्रमा डुबेको बताएको छ।
आइओएमले ट्वीट गर्दै भनेको छ, ‘लिबियाबाट प्रस्थान गरेपछि बुधबार ७५ भन्दा बढी आप्रवासी समुद्रमा डुबेका छन् भने जीवित १५ जनालाई माछा मार्ने व्यक्तिहरूले समुद्रमा डुबेर उद्दार गरेका छन् ।’ ‘यो पछिल्लो त्रासदीसंगै यस वर्ष मध्य भूमध्यसागरमा ज्यान गुमाउनेको संख्या १,३०० भन्दा बढी पुगेको छ’, आइओएमले भन्यो।
लिबियाले २०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको पतन पछि असुरक्षा र अराजकताको सामना गरिरहेको छ । जसले उत्तर अफ्रिकी देशलाई भूमध्यसागर पार गरी युरोपेली किनारहरूमा जान चाहने गैरकानुनी आप्रवासीहरूका लागि प्रस्थानको एक रोजाइको बिन्दू पनि बनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ