बिहीबार, मंसिर १३, २०८१
04:38 | १०:२३

काठमाडौँ–बैंकक हवाई उडान पुनः सञ्चालन हुने

रासस नोभेम्बर १८, २०२१

संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री प्रेमबहादुर आलेसँग बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्दै नेपालका लागि थाइल्याण्डका राजदूत भोसित भोरासाफ । तस्वीर- विमलबहादुर विष्ट, रासस

काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौँ–बैंकक हवाई उडान पुनः सञ्चालन हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत भोरासफले केही दिनभित्रमा काठमाडौँ–बैंकक नियमित हवाई उडान गरिने जानकारी दिएका हुन् ।

भेटघाटका क्रममा मन्त्री आलेले राजदूत भोरासफलाई लुम्बिनी क्षेत्रमा थाइल्याण्ड सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै लुम्बिनीमा रहेको मेटरनेटी अस्पतालका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

त्यसैगरी मन्त्री आलेले नेपाली नागरिकलाई थाइल्याण्डको भिसाका लागि सहजीकरण गर्न तथा नेपाली नागरिकहरु उपचारका लागि बैंकक जाँदा सहुलियतपूर्ण उपचारको व्यवस्था मिलाउन आग्रह गरे ।

भेटवार्ताकै क्रममा मन्त्री आलेले नेपाल– थाइल्याण्डबीच पुरानो ऐतिहासिक सम्बन्ध रहेको र त्यसलाई थप सुदृढ बनाइराख्न दुवै देशका तर्फबाट अधिकतम प्रयास गरिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू