शुक्रबार, माघ ४, २०८१
21:52 | ०३:३७

दुवै मृगौला फेल भएर छटपटाइरहेका रानाको जीवन रक्षाका लागि अपिल

नेपाली लिङ्क नोभेम्बर १७, २०२१

लण्डन- दुवै मृगौला फेल भएर जीवन मरणको दोसाँधमा छटपटाइरहेका स्याङ्जाली एक युवाको जीवन रक्षाका लागि ‘श्याम राना बचाउ अभियान’ शुरु गरिएको छ ।

स्याङ्जा गल्याङ ७ स्थायी घर भई हाल पोखरा गण्डकी मेडिकल कलेजमा डायलोसिस गराइरहेका ३७ वर्षीय श्याम रानाको उपचारार्थ अभियान शुरु गरिएको लण्डन निवासी अभियान संयोजक सुधा थापाले जनाइन् । 

‘डाक्टरले तत्काल किड्नी ट्रान्सप्लान्ट गर्न भने पनि रानाको दयनीय आर्थिक अवस्थाले समस्या भइरहेको छ’ सुधाले अपिल गर्दै भनिन्- ‘म देश विदेशमा रहनु भएका समस्त नेपाली दाजु भाइ, दिदीबहिनीलाई आर्थिक सहयोग गरी श्यामको जीवन बचाइदिनु भए हामी धेरै आभारी हुनेछौं ।’ 

केही मनकारी नेपालीले अभियानमा सहयोग गर्न थालेको पनि उनले बताइन् । 

रानाको परिवार जिवीकोपार्जनका लागि सानो चिया पसल चलाउंछन् । अहिले रानाको डायलोसिस खर्च जुटाउन उनकी ७ बर्षकी छोरी स्कुल नगइ चिया पसलमा आमालाई सघाइरहेकी छन् । सरकारले मृगौला पीडितलाई आर्थिक सहयोग गर्ने भने पनि रानाको परिवार स्थानीय निकायमा धाउंदा धाउंदा हैरान भइसक्यो तर सहयोग मिल्ने संकेत छैन् ।  

श्याम रानाको उपचारार्थ सहयोग गर्न चाहनेले निम्न बैंक खातामा पैसा डिपोजिट गर्न सक्नु हुन्छ-

10000600528637000001
SHYAM RANA
MAHALAXMI BIKAS BANK LTD, POKHARA

Phone no.- 9741718345

‘गो फन्ड’ बाट पनि चन्दा संकलन शुरु भएको छ । यो लिंकमा क्लिक गरेर आर्थिक सहयोग गर्न सकिने थापाले जनाइन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू