बिहीबार, मंसिर १३, २०८१
04:42 | १०:२७

नेपालमा कोरोना ओरालो लाग्ने क्रम जारी

थप ३७७ जनामा कोरोना पुष्टि 

रासस नोभेम्बर १६, २०२१

काठमाडौँ । नेपालमा कोरोना संक्रमण ओरालो लाग्ने क्रम जारी छ । देशभर पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार १४९ को कोरोना परीक्षण गरिएको थियो ।

नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या आठ लाख १७ हजार ६७२ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको संख्या ९५ हजार १७४ छ । आज १७० जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको संख्या सात लाख ९८ हजार ७१४ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट चारको मृत्यु

पछिल्लो २४ घण्टामा थप चार जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ । अहिले कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ ।

त्यसैगरी पछिल्लो समय ७९ हजार ५६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या सात हजार ४७६ छ ।

अहिले होम आइसोलेशनमा ६ हजार ९८४, संस्थागत आइसोलेसनमा ४९२, आइसीयूमा २१९ र भेन्टिलेटरमा ५९ जनाले उपचार गराइरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू