शुक्रबार, माघ ४, २०८१
22:00 | ०३:४५

बेलायतको स्वीन्डनमा नेपालीले रोपे ५ हजार फूल, नयाँ पुस्ताले दियो साथ

नेपाली लिङ्क नोभेम्बर १५, २०२१

लन्डन । बेलायती महारानी एलिजावेथ द्धितियाले राजगद्धी सम्हालेको ७० वर्ष पुगेको अवसरमा बेलायतको स्वीन्डन क्षेत्रमा बस्ने नेपालीहरुले ५ हजार फूल रोपेका छन् ।

नेप्लिज एशोसिएसन अफ वील्शायरको आयोजनामा वेस्ट स्वीन्डनको वेस्टली पार्कमा ५ हजार टुलिप फूलको बिउ रोपिएको अध्यक्ष ज्ञानप्रसाद गुरुङले जानकारी दिए ।  

अघिल्लो साता ४ हजार फूल रोपिएकोमा गत शनिबार थप एक हजार गरी कुल ५ हजार फूल रोपिएको उनले बताए । 

शनिबार फूल रोप्ने कार्यक्रममा नयाँ पुस्ताका एक दर्जन नेपाली युवा पनि सहभागी थिए । त्यस्तै, केही स्थानीय बेलायती समुदायका सदस्यहरुको पनि सहभागिता थियो । 

यसअघि गतसाता सोही क्षेत्रबाट बेलायती संसदमा प्रतिनिधित्व गर्ने सांसद एवम् पूर्वमन्त्री रोबर्ट बकल्याण्ड समेत सहभागी भएर फूल रोपेका थिए ।

स्थानीय पेरिस बरो काउन्सिलसमेतको सहकार्यमा नेप्लिज एशोशिएशन अफ वील्शायरले फूल रोप्ने कार्यक्रम सम्पन्न गरेको हो । 

इंग्ल्याण्डकै झण्डाजस्तै देखिने गरी सेतो र रातो रंगका फूलहरु रोपिएको छ । यी फूलहरु आगामी फेब्रुअरीमा महारानीले राजगद्धि सम्हालेको ७० औं वर्ष पुग्दासम्म फक्रिने अपेक्षा गरिएको छ ।

फूल रोप्ने कार्यमा सहभागी संस्थाका सबै पडाधिकारी, स्थानीय नेपाली, युवासहित बेलायती सांसद, स्थानीय काउन्सिलर र बेलायती समुदायका सदस्यहरुमा संस्थाको तर्फबाट अध्यक्ष गुरुङले धन्यवाद ज्ञापन गरेका छन्   

एशोशिएसनले स्थानीय समुदायसंगको निकट सहकार्य र समन्वयमा विभिन्न कार्यहरु गर्दै आएको छ । महामारीका बेला स्थानीय अस्पताललाई १० हजार सहयोगदेखि स्वास्थ्यकर्मी, प्रहरीलगायतलाई निशुल्क भोजन, स्थानीय नेपालीको रोजगारी प्रवर्द्नन गर्न सेक्युरिटी तालिम जस्ता कार्य समाजले गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू