शुक्रबार, मंसिर १४, २०८१
20:50 | ०२:३५

नोबेल पुरस्कार विजेता मलालाले गरिन् विवाह

रासस-एएफपी नोभेम्बर १०, २०२१


लन्डन ।  नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाइले बैवाहिक जीवन सुरु गरेकी छन्। 

छात्रा शिक्षाका लागि अभियान चलाएका बेला तालिबान विद्रोहीहरुले गोली प्रहार गरेपछि चर्चामा आएकी मलालाले पाकिस्तानकै एक युवाकसँग विहे गरेकी हुन् 

उनको वैवाहिक कार्यक्रम भने सानो इस्लामिक समारोहका बीचमा मंगलबार बेलायतको बर्मिङहममा सम्पन्न भएको भएको छ । 

तालिबान विद्रोहीहरुको आक्रमणकै कारणले असुरक्षा महसूस गरी मलाला अहिले परिवारसहित बेलायतमा बस्दै आएकी छन् । सामाजिक सञ्जालहरुमा आफ्ना पतिसहितको फोटो राखेर २४ वर्षिया मलालाले सबैको  तर्फबाट शुभकामना र आर्शिवाद चाहेको उल्लेख गरेकी छन्। 

‘मैले मेरो नयाँ जीवन सुरु गरेको छु, यो मेरो जीवनको ठूलो अवसर हो, असेर मलिक मेरो जीवनसाथी बन्नु भएको छ’, उनले  सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन् । 

इस्लामिक परम्पराअनुसार विवाहक पहिलो चरणमा निकाह गर्ने गरिन्छ । मलालाले अहिले निकाह गरेकी हुन्  । यसको कानुनी हैसियत भने रहदैन । महिला अधिकारको पक्षमा लागेको र मुस्लिम छात्रालाई पढाएकोप्रति रुष्ट हुदै सन् २०१२ मा १५ वर्षको उमेरकी मलालालाई तालिबान विद्रोहीले गोली प्रहार गरेका थिए । 

पाकिस्तानको उत्तर पश्चिमी स्वात उपत्यकामा तालिबान विद्रोहीहरुले मलाला चढेको स्कुल बसमा हमला गर्दा उहाँसहित तीन जना घाइते भएका थिए । त्यसपछि उहाँको चर्चा विश्वव्यापी भयो र १७ वर्षकै उमेरमा सन् २०१४ मा नोबेल पुरस्कार पाइन्  । उनी अहिलेसम्म नोवेल पुरस्कार पाएका व्यक्तिहरुमध्ये सबैभन्दा कान्छी छन् । 

मलालाले अक्सफोर्ड विश्वविद्यालयमा राजनीतिशास्त्र र अर्थशास्त्रमा अध्ययन गरेकी छन् भने मानवअधिकारकर्मीको रुपमा विश्वव्यापी पहिचान बनाएकी छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू