शुक्रबार, माघ ४, २०८१
22:01 | ०३:४६

इंग्ल्याण्डका एनएचएस कर्मचारीलाई खोप अनिवार्य गरिंदै

नेपाली लिङ्क नोभेम्बर ९, २०२१

लन्डन । इंग्ल्याण्डमा कार्यरत नेशनल हेल्थ सर्भिस (एनएचएस) अन्तर्गत कर्मचारीहरुका लागि कोरोनाविरुद्धको खोप अनिवार्य गरिने भएको छ । आउँदो अप्रिल महिनाबाट एनएचएसका कर्मचारीहरुले पूर्ण रुपमा खोप लगाउनुपर्ने बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले मंगलबार जनाएका छन् ।

हालसम्म इंग्ल्याण्डमा एक लाख तीन हजार एनएचएस कर्मचारीले कोरोनाविरुद्धको खोप नलगाएको तथ्यांकमा जनाइएको छ । उनीहरुलाई पूर्णरुपमा खोप लगाउन सन् २०२२ अप्रिल १ सम्मका लागि समयसीमा निर्धारण गरिएको छ । तर, स्वास्थ्य लगायत अन्य कुनै कारण भएमा त्यस्ता मानिसका लागि भने अनिवार्य नहुने पनि बताइएको छ ।

निर्धारित समयमा दुवै डोज खोप नलगाएमा कर्मचारीहरु कामबाट निष्काशित हुनसक्ने अधिकारीहरुले बताएका छन् । सरकारको यो नयाँ नीतिका कारण ७३ हजार एनएचएस कर्मचारी र ३५ हजार केयर वर्कर्स गरि करिब एक लाख २६ हजार जनाले कामबाट अवकाश लिन सक्ने अनुमान गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीले पूर्ण रुपमा खोप लगाएमा रोग संक्रमण सर्न नसक्ने सरकारको मान्यता रहेकोले खोप अनिवार्य गर्न लागिएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू